चट्याङले लागेर चारको मृत्यु

chatyangकाठमाण्डौ । गुल्मी दर्लामचौर–८ घर भई तारादल गण दाङमा कार्यरत घर बिदामा आएका अमल्दार ३४ बर्षीय उमाकान्त घर्तीको चट्याङले लागेर मृत्यु भएको छ । रेसुङगा नगरपालिका–८ भुजेल खर्क बस्ने रामबहादुर सुनारको घरमा पानी परेको अवस्थामा ओत लागेर बसिरहेको अवस्थामा सोमबार अचानक परेको चट्याङले लागेर घाइते भएका घर्तीलाई जिल्ला अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यसैगरी गोरखा मनकामना–३ बस्ने हेमन्त गुरुङको घरमा चट्याङ पर्दा ल्यापटप पड्केर १२ बर्षीया निरविका गुरुङको मृत्यु भएको छ । सोमबार राती ल्यापटप चार्जमा राखी निरविकाले चलाउरहेको अवस्थामा अचानक चट्याङ पर्दा ल्यापटप पड्किदा घाइते भएकी उनलाई नयाँ मेडिकल चितवन लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यसैगरी लम्जुङ कोशी डाँडामा रहेको सिमलको रुखमा चट्याङ पर्दा खसेको हाँगाले लागेर भुलभुले–७ बस्ने ३२ बर्षीय गौ प्रसाद गुरुङ र ५६ बर्षीय दिल बहादुर परियारको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: