झापामा पार्टी परित्याग गर्दै एमाओवादी नेता

44बिर्तामोड । झापाका दुइ दर्जन बढी एमाओवादी नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि स्वतन्त्र बस्ने भएका छन् । एमाओवादीको पछिल्लो गतिबिधिबाट रुष्ट बनेकाहरुको सुरुङ्गामा सम्पन्न भेलाले पार्टी परित्याग गरि स्वतन्त्र बस्ने निस्कर्ष निकालेको सहभागी एक नेताले बताए ।

एमाले भन्दा तल्लो स्तरबाट पार्टीको गतिबिधि भएको र बामपन्थी भन्न लायक काम समेत नगरेकाले स्वतन्त्र बस्नुपर्ने भएको उनीहरुको भनाई छ । बुद्धिजिवी संगठनका केन्द्रीय सदस्य यज्ञराज प्रसाइको संयोजगत्वमा १८ सदस्यीय स्वतन्त्र मोर्चा निर्माणको तयारीमा रहेको सो समुहले दस्ताबेज लेख्ने जिम्मा यज्ञराज प्रसाई र देशु बनेमलाई दिएको श्रोतको भनाई छ ।

पार्टी छोडेर स्वतन्त्र बस्नेहरुमा शिक्षक संगठनका पुर्व झापा अध्यक्ष भोजराज दाहाल, पार्टीका पुर्व जिल्ला सदस्यहरु कृष्ण बिमली, जगन्नाथ भट्टराई, किशोर अधिकारी, नरेन्द्र अधिकारी, ठगबहादुर खड्का, पार्टीका पुर्व केन्द्रिय सल्लाहाकार टेक बहादुर शासंकर, बिर्तामोड नगरका चन्द्र सुवेदी, सुरुङाका सुर्य उप्रेती, तिर्थ खरेल, जनार्दन उप्रेती, गणेश कार्की लगायत दर्जनौ रहेको बताइएको छ ।

यसैबिच एमाओवादी झापाकी अध्यक्ष धर्मशिला चापागाँईले स्वतन्त्र रहने अधिकार सबैमा रहेको टिप्पणी गरिन् । उनले ब्यक्तिगत स्वार्थ पुरा नभएकाहरुको स्वतन्त्र रहने घुर्कीबाट पार्टीलाई कुनै असर नपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्: