श्रीदेवीले फिल्म ‘पुली’ मा फेरी जादु देखाउने

sridevi_puli  एजेन्सी । श्रीदेवी एकपटक फेरी सिल्वर स्क्रीनमा अफ्नो जादु देखाउन आउँने भएकी छिन् । उनको मोस्ट अबटेड एक्शन ड्रामा फिल्म ‘पुली’ को टीजर रिलीज भएको छ । यसमा श्रीदेवी महारानीको भुमिकामा राम्री देखिएकी छिन् । यस भन्दा अघि उनले धेरै बर्षपछि फिल्म ‘इंग्लिश विंग्लिश’ मा साबित गरेर देखाएकी थिइन् कि उनको जादु अहिले पनि जस्ताको तस्तै छ ।ss1

फिल्म ‘पुली’ मा श्रीदेवीले मनीष मल्होत्राद्वारा डिजाइन गरेको राजसी परिधानको साथमा शानदार आभूषण र मुकुट लगाएकी छिन् । उनी यसमा धेरै राम्रोसँग सजिएकी छिन् । यस फिल्ममा तमिल सुपरस्टार विजय पनि उनको साथमा छन् । सय फिल्मलाई चिन्बु देवेनले निर्देशन गरेका छन् । यसको कथा हलीउड फिल्म ‘द ग्लैडिएटर’ देखि प्रेरित छ ।sss3

श्रीदेवीको यो फिल्म यसैबर्ष रिलीज हुनेछ । तमिल सुपरस्टार विजयको ४१ औ जन्मदिनमा यसको पहिलो झलक जारी गरिएको हो । यसमा श्रुति हासन पनि देखा पर्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्: