अपराधीलाई व्यापार अनुमति

02काठमाण्डौ । सरकारले नेपालमा व्यापार गर्न चाहने वदेशीलाई पृष्ठभूमि नै नहेरी अनुमति दिने गरेको पाइएको छ । विदेशीले अन्य कागजातका साथ पासपोर्ट र भिसाको फोटोकपी उद्योग विभागमा बुझाएपछि सरकारले पृष्ठभूमि नखोज्ने गरेको हालैको एक दक्षिण कोरियाली महिलाको घटनाले खुलाएको हो ।

इन्टरपोलको रेडकर्नर नोटिसमा रहेकी कोरियाली ४८ वर्षीया ह्युन जु लीले ६ महिनाअघि राजधानीको नक्कसालमा ली गुन नामक रेस्टुरेन्ट खोलेकी थिईन । उनले सन २०१४ जुनदेखि रेस्टुरेन्ट चलाउने अनुमति पाएकी थिईन । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: