ज्याकी चेनको साथमा कट्रीना केफ काम गर्ने

23_06_2015-katrina-jackieएजेन्सी । अहिले चर्चा छ कट्रीना केफ छिट्टै एउटा इन्टरनेशनल फिल्ममा देखिने छिन् । यस फिल्ममा उनको अपोजिट अरु कोही होइन कम्फु हीरो ज्याकी चेन हुनेछन् । यस फिल्मको टाइटल पनि ‘ ‘कम्फु योगा’ हुनेछ । केहीदिन अघि मात्र आमिर खान च्याकी चेनको साथ काम गर्ने समाचार आएको थियो ।

तर, उनले पछि मना गरेका थिए । कट्रीना केफ यस बिषयमा बाजी जित्ने भएकी छिन् । यस फिल्मको निर्देशन हङकङ्गका फिल्मकार स्टेनली टोन्ग रहनेछन् । यसमा कट्रीना एउटा भारतीय प्रोफेसरको भूमिकामा देखा पर्नेछिन् । जुन चीनको यूनिवर्सिटीमा पढाछिन् । त्यहि ज्याकी चेन एउटा आर्कियोलोजिस्टको भूमिकामा देखिने छन् । मगध कालको खजाना खोज्नको लागि कट्रीनाको मद्दत लिनेछन् ।।
यस फिल्ममा धेरै स्टन्ट्स छ जुन निश्चित रूपमा ज्याकीलाई नै दिइएको छ । साथै कट्रीनाको लागि पनि केही एक्शन सीन राखिएको छ । यस बिषयमा अहिलेसम्म कुनै तय नभएको बताइएको छ, यसको निर्णय कट्रीनाले नै गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्: