मिनि ट्रकको ठक्करबाट २ स्कुले बालबालिकाको मृत्यु

01चितवन । मिनि ट्रकको ठक्करबाट नवलपरासीको गैडाकोटमा २ स्कुले बालबालिकाको मृत्यु भएको छ । गैडाकोट २ बिद्युत कार्यालय अगाढी न्यायचोकमा बा १ ख ७७८५ नम्वरको मिनिट्रकको महेन्द्र स्मारक निमाविमा अध्यनरत ४ बिद्यार्थी लाई ठक्कर दिदा दुईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

बिहान १० बजे स्कुल जाने क्रममा स्कुल नजिकै भित्रि सडकमा ट्रकले ठक्कर दिएको थियो । ठक्कर बाट बुटवल घर भई गैडाकोट बस्दै आएका वर्ष ९का तेन्जिङ गाहा मगर र गैडाकोटका वर्ष १२ कि सुनिता परियारको मृत्यु भएको हो ।

त्यस्तै दिक्षा गाहामगर र दिया गाहामगर घाईते भएका छन् । उनिहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
मृत्युहुने तेन्जिङ गाहामगर र घाईते हुने दिक्षा तथा दिया एकै परिवारका रहेको बताईएको छ ।

गाहामगर परिवार २ महिना अगाढि मात्रै गैडाकोटमा आएर भाडामा बस्दै आएको गैडाकोटकी शान्ति सापकोटाले बताइन् ।
मृतक गाहामगरका बुबाआमा ठेलामा तरकारी ब्यापार गर्ने ब्यापारी भएको बताईएको छ ।

ट्रकचालकले लापरबाहि गरि स्कुले बालबालिकाको ज्यान लिएको भन्दै स्थानिय बासिन्दाले ईलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका छन् । स्थानियहरुले राजमार्गमा प्रर्दशन गरेपछी अबरुद्द पुर्व–पश्चिम राजमार्ग भर्खर मात्र प्रहरीले सामान्य बल प्रयोग गरि खुलाएको छ ।

ठककर दिने चालक र ट्रकप्रहरी नियन्त्रणमा रहेको गैडाकोटका प्रहरी निरिक्षक प्रेम जोशिले बताए ।

प्रतिक्रिया दिनुहोस्: