यौनदुराचारी तान्त्रिक !

01काठमाण्डौ । वर्षीय किशोरमाथि यौनदुराचार गरेको आरोपमा प्रहरीले ललितपुर गोदावरीका हरिहर आचार्यलाई पक्राउ गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । आफूलाई ज्योतिषी एवं तान्त्रिक विद्या जानेको बताउने आचार्यले नक्साल भाटभटेनीनजिकै कोठा भाडामा लिएर बसेका थिए ।

विभिन्न चलचित्र व्यवसायीसमेत आचार्यको कोठामा फिल्मको नाम जुराउनेदेखि कहिले हलमा लगाउने सम्म हेराउन पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको विशेष टोलीले आचार्यलाई सोमबार पक्राउ गरेको हो ।

पीडित १६ वर्षीय किशोरलाई कोठामा बन्धक बनाएर आचार्यले मुख मैथुनदेखि अप्राकृतिक यौनसम्पर्क गर्दै आएको प्रमाण प्रहरीले फेला पारेको छ । ती किशोरले नै आफूमाथि आचार्यले गरेको ज्यादती सहन नसकेर मोबाइलमा भिडियो खिचेर प्रहरीलाई बुझाएपछि यो घटनाको रहस्य बाहिर आएको हो ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी विश्वराज पोखरेलले पीडित किशोरले प्रहरीमा बुझाएको भिडियो सुरक्षित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: