अर्ना आक्रमणाका घाइतेलाई ५० हजार सहयोग

01विर्तामोड । अर्नाको आक्रमणा परी गम्भीर घाइते झापा विर्तामोडका केरकेरु राजवंशी र ललिता राजवंशीको उपचारका लागि विएण्डसी हस्पिटलले नगद सहयोग गरेको छ । अस्पतालमा उपचार गर्दै आएका कमजोर आर्थिक अवस्थाका राजवंशीद्धयको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

बिहीबार अस्पताल परिसरमा आयोजित पत्रकार भेटघाटमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले घाइतेका परिवारका सदस्य अर्जुन राजवंशीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । उपचारर्थ रहेका राजवंशीद्धयको थप उपचारका लागि आर्थिक समस्या भएकाले अस्पतालबाटै सहयोग गर्न सुरु गरेको कार्यकारी निर्देशक प्रसाईले बताए ।

गत जेठ ३२ गते अर्नाको आक्रमणमा परी राजवंशीद्धय घाइते भएका हुन् । अर्नाको आक्रमणबाट स्थानीय गुलुमडी सतारको मृत्यु भएको थियो भने अन्य ५ जना घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । यसैबीच अर्नाको आक्रमणबाट घाइते भएका परिवारको सदस्यको उपचारका लागि सहयोग गरिदिन राजवंशीका परिवारले अपिल गरेका छन् ।

बन्यजन्तु आरक्षण केन्द्रले मृतकका परिवार र घाइतेको उपचारमा सहयोग नगरेकाले सहयोग गर्न अपिल गरेको अर्जुन राजवंशीले बताए ।

प्रतिक्रिया दिनुहोस्: