आज दाता सम्मेलन, सात मन्त्रीसहित दुई सय ८० अतिथि

03काठमाण्डौ । अन्तर्रा्ष्ट्रिय दाता सम्मेलनमा विभिन्न ६ देशबाट मन्त्रीस्तरीय र एक देशबाट राज्यमन्त्रीको सहभागिता भएको छ । बुधबारसम्म विभिन्न देशबाट दुई सय ८० प्रतिनिधि सम्मेलनमा भाग लिन काठमाडौं आइपुगेका छन् ।

चीनका परराष्ट्रमन्त्री वाङ यी, भारतकी विदेशमन्त्री सुषमा स्वराज बुधबार काठमाडौं आएका छन् । वाङ दिउँसो र स्वराज साँझ आइपुगेकी हुन् । नर्वेका विदेशमन्त्री बोर्गे ब्रेन्डी र बंगलादेशका अर्थमन्त्री अब्दुल मल अब्दुल मुथ, जापानका विदेश राज्यमन्त्री हिनोरो किउची पनि बुधबार नै आइपुगेका छन् ।

श्रीलंका र भुटानका मन्त्री भने मंगलबार काठमाडौं आइसकेका छन् ।
युरोपियन युनियनका विकास मामिला कमिसनर, जाइकाका अध्यक्ष, विश्व बैंकका उपाध्यक्ष पनि सम्मेलनमा सहभागी हुँदै छन् ।

चीन, भारत, बंगलादेश, नर्वे र जापानका मन्त्रीले बुधबार नै प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गरेका छन् । काठमाडौं आइपुगेका दातृ समुदायका प्रतिनिधिलाई भूकम्पबाट प्रभावित उपत्यकाका पर्यटकीय क्षेत्रको अवलोकन गराइएको छ ।

सरकारले सम्मेलनका लागि विभिन्न देश, संघसंस्था र व्यक्ति गरी ७० जनालाई निमन्त्रणा पठाएको थियो । तीमध्ये ५५ ठाउँबाट सहभागिता हुने पक्का भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: