बिद्यार्थी संगठनद्धारा शैक्षिक मेला बन्द

 ssssबिर्तामोड । झापाको दमकमा लागेको शैक्षिक मेला अखिल क्रान्तिकारी लगायतका संयुक्त बिद्यार्थी संगठनले बिहिबार बन्द गराएको छन् ।  अखिल क्रान्तिकारीका बिपिन बस्नेत, अग्रगामी बिद्यार्थी युनियनका मनकुमार लिम्बु, राप्रबि संघका भरत दुलाल लगायतको टोलीले मेला बन्द गराएको हो ।

पछिल्लो पटक झापाका बिभिन्न स्थानमा शैक्षिक कन्सल्टेन्सीद्धारा भारतका बिभिन्न स्थानमा रहेका राम्रा–राम्रा कलेजको प्रलोभन देखाएर बिद्यार्थीहरु ठग्ने प्रबृति बढेको आरोप लगाउदै संयुक्त बिद्यार्थी संगठनले शैक्षिक मेलामा रोक लगाएको छ ।

संयुक्त बिद्यार्थी संगठनहरुले सम्बन्धित निकायमा यस्ता कार्यहरु रोक्नको निम्ति ज्ञापनपत्र बुझाई ध्यानाकर्षण गराउदा समेत चाँसो नदेखाएकोले बाध्य भई मेला बन्द गराउनु परेको अखिल क्रान्तिकारी झापा अध्यक्ष रबी बस्नेतले बताए । काठमाण्डौको वाइड रेञ्ज कन्सल्टेन्सीले झापाको दमकमा लगाएको एकदिने शैक्षिक मेला बन्द गराएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: