अविरल बर्षाले बाँके र बर्दिया जलमग्न, जनजीवन प्रभावित

05नेपालगन्ज । अविरल वर्षाले बाँकेको नेपालगञ्ज र आसपासका गाउँ जलमग्न भएका छन् । स्थानीय खोला खोल्साको बाढी बस्तीमा पसेपछि जनजीवन प्रभावित भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको ककौरा चोकमा पानी जमेको छ । त्यहाँ यातायात सेवा समेत प्रभावित भएपछि राजमार्ग खनेर भए पनि पानी बगाउने प्रयास भैरहेको छ ।

अहिले एकतर्फी रुपमा गाडी सन्चालनमा छ । नेपालगन्ज नगरक्षेत्रमा ढलको उचित निकास नहुँदा घर तथा पसलमा पानी पसेको छ । नेपालगञ्जका विपी चोक, गणेशपुर, भृकुटीनगर लगायतका बस्ती डुबानमा परेका छन् भने सुर्खेत नेपालगन्ज सडक पनि हिलाम्मे भएको छ ।

बाँके र बर्दियाको सीमा क्षेत्रमा पर्ने डडुवा खोलाको बाढी
अविरल वर्षाले बाँके बर्दियाको सीमा नजिकै डडुवा खोलामा ठूलो बाढी आएको छ ।
बर्दिया सदरमुकाम गुलरिया लगायतका अधिकांश क्षेत्र जलमग्न छन् । मानखोलामा आएको बाढीले बर्दियाकै बासगढी नगरपालिका ४ खल्लागाउँका बस्ती डुबान परेको प्रहरीले जनाएको छ ।

 

 

यो पनि पढ्नुस 

देशभरका नदीहरुमा जलस्तर बढ्दो, सतर्क रहन निर्देशन

प्रतिक्रिया दिनुहोस्: