एमाओवादीले संविधान बनाउन सबै शक्ति लगाउने

03काठमाण्डौ । एकीकृत नेकपा माओवादीले असार १३ गते भित्र नयाँ मस्यौदा तयार पार्ने गरी नयाँ संविधान निर्माणको कामलाई अगाडि बढाउने निर्णय गरेको छ । पार्टीका सबै शक्ति संविधान निर्माणको काममा लगाउने एमाओवादीले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले पार्टीका सबै शक्ति संविधान निर्माणमा लगाउने र १३ गतेभित्र मस्यौदा बनाउन सहयोग गर्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘मस्यौदा समितिमा रहेका सदस्यहरुले पनि आ(आफ्नो ठाउँबाट संविधान बनाउन सकारात्मक दवाव दिने कुरा छ,’ उनले भने । बैठकमा मस्यौदा समितिमा अहिलेसम्म भएका छलफल र प्रगतिबारे पनि छलफल भएको थियो ।

मनोरञ्जनका लागी यहाँ जानुहोस

प्रतिक्रिया दिनुहोस्: