औद्योगिक विकास ऐन ल्याउने तयारी

mahes basnetविर्तामोड । उद्योगमन्त्री महेश बस्नेतले सरकारले चाडै औद्योगिक विकास ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् । फस्टाउन नसकेको उद्योग व्यवसायको प्रबद्र्धनका लागि ऐन आवश्यक रहेको बताए ।

नेपाल राष्ट्रिय वाणिज्य संघ विर्तामोड नगर कमिटीले शुक्रबार बिर्तामोडमा आयोजना गरेको ‘व्यवसायी क्षेत्रका अवसर र चुनौति विषयक गोष्ठी’ मा मन्त्री बस्नेतले सरकार पुनः निर्माणको प्रकृयासँगै ऐन ल्याउने तयारीमा जुटेको बताएका हुन् ।

सरकारले एक निर्वाचन एक औधोगिक क्षेत्रको अवधारणा अघि सारेको जनाउँदै झापालाई नयाँ औधोगिक क्षेत्रको रुपमा विकास गर्न बजेट विनियोजन गरिसकेको जानकारी दिए ।
सरकारले औधोगिक क्षेत्रमा आकर्षित गर्न उद्योगी–व्यवसायीका लागि विषेश छुटको योजनासमेत उनको भनाई छ ।

त्यसमा महिलालाई विषेश प्राथमिकता दिइएको चर्चा गरे । त्यसका लागि २० जिल्लामा ८ करोड रुपैयाँ छुट्याएर काम अघि बढाउने सरकारी योजना रहेको मन्त्री बस्नेतले जानकारी दिए । ‘भूकम्पले उद्योग लगायतका क्षेत्र तहसनहस भएको छ ।

उनले भने–‘त्यसको पुनः निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता हो, औधोगिक क्षेत्रको विकास अपेक्षाकृत ढंगबाट अघि बढ्न नसकेको बताउँदै उनले त्यसलाई माथि उठाउँन सम्पूर्ण उद्योगी–व्यवसायी लाग्नु पर्नेमा जोड दिए ।

भूकम्पले राजनीतिक परिर्वतन कासेढुंगाको काम गरेको बताउँदै उनले राष्ट्रिय सरकारको निर्माणपछिमात्र मुलुकको विकास द्रुत गतिमा अगाडी बढ्ने विश्वास दिलाए । ‘बर्तमान सरकारले संविधान बनाउनेछ उनले भने–‘संविधानपछि बन्ने राष्ट्रिय सरकारले मुलुकको संमृद्धिको ढोका खुल्नेछ ।’

मन्त्री बस्नेतले राष्ट्रिय सरकारको नेतृत्व केपी ओलीले गर्ने दावी गरे । अर्को एक प्रसङ्गमा मन्त्री बस्नेतले संघीयता र सीमाङ्कनका विषयमा निर्णय गर्ने अधिकार जनतालाई मात्रै भएको बताए । पाँच राजनीतिक पार्टीबीच भएको १६ बुदे सहमतिले संविधान बन्ने आधार तयार भएको उनले टीप्पणी गरे ।

‘१६ बुदे सहमतिलाई अघि नबढाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ उनले भने –‘उक्त फैसालाले संविधान बनाउने कुरामा बाधा पुग्दैन यो सच्याउनुको विकल्प छैन ।’
कार्यक्रममा संघको नगर क्षेत्रमा गठन गरिएको एरीया कमिटीका पदाधिकारीलाई सपथ खुवाइएको थियो ।

संघका नगर अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय वाणिज्य संघका उपाध्यक्ष एपी साँवा, पूर्वाञ्चल संयोजक श्रीप्रसाद मैनाली, झापा अध्यक्ष प्रल्लादमणि ओली, सचिव भिष्मराज खरेल, कूलप्रसाद खरेललगायतले बोलेका संघका नगर सचिव याम बिमलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: