झापाका विद्यालयमा कम्प्युटर हस्तान्तरण

08दमक । झापाका सभासद् हरि राजवंशीले झापाका तीन वटा विद्यालयमा कम्प्युटर हस्तान्तरण गर्नुभएको छ ।

उहाँले आज शिवसताक्षीका दुई वटा र पाँचगाछीको एउटा विद्यालयमा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभएको हो ।

शिवसताक्षीको सतासी प्रावि, शुक्र मावि र पाँचगाछीको मञ्जुश्री निमाविमा कम्प्युटर हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेकपा ९एमाले० क्षेत्रीय इन्चार्ज लक्ष्मण पाठक तथा क्षेत्रीय अध्यक्ष नारायण पोखरेलले त्यसक्षेत्रको शैक्षिक विकासका लागि गरिएको सहयोगको प्रशंसा गर्नुभयो ।

सभासद् राजवंशीले संसद् विकास कोषमार्फत ती विद्यालयमा सामग्री हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्: