बसको ठक्करबाट बालकको मृत्यु

010चितवन । चितवनको कुरिनटारमा माइक्रो बसको ठक्करबाट शुक्रबार दिउँसो एक बालकको मृत्यु भएको छ ।
काठमाडौंबाट मुग्लिङ तर्फ आउँदै गरेको बा ३ ख २३९० नम्बरको माईक्रोबसले दारेचोक गाविस ३ कुरिनटारमा ठक्कर दिँदा अन्दाजी १०(११ बर्षको बालकको मृत्यु भएको हो ।

उनको सनाखत भएको छैन । बसको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस र त्यसको चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्: