बोलिभियालाई हराउँदै पेरु सेमिफाइनलमा

03काठमाण्डौं । बोलिभियाको चुनौती ३(१ ले पन्छाउँदैं पेरू कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
चिलीमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको खेलमा पाउलो गुरेरोको ह्याट्रिकको मद्दतले पेरू बोलिभियालाई ३–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

बोलिभियाका मार्सेलो मोरेनोले पेनाल्टीमार्फत् सान्तवना गोल फर्काएका थिए । आजको जितसँगै फाइनल प्रवेशका लागि पेरूले आयोजक चिलीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रतियोगिताको तेस्रो क्वार्टरफाइलनमा भोलि अर्जे्न्टिना र कोलम्बिया भिड्नेछन् भने अन्तिम क्वार्टरफाइनलमा आइतबार ब्राजिल र पाराग्वे आमनेसामने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्: