माइकल जेक्सनको टाउकोमा आगो लाग्दै थियो तर पनि शो पुरा गरेका थिए

Michael-Jackson-pop-star-kingएजेन्सी । लस एन्जिल्स पप दुनियाँका बेताज बादशाह स्वर्गीय माइकल जेक्सनको मृत्यु भएको ६ बर्ष भयो । २५ जुन २००९ मा लस एन्जिल्स, केलिफोर्निया, अमेरिकामा मुटुको समस्याबाट उनको मृत्यु भएको थियो । माइकल जेक्सन यस्तो नाम हो, जसलाई संसारका बच्चा–बच्चाले चिन्छन् । पप संगीतलाई नयाँ दिशा दिदै जेक्सनले धेरै पटक अफ्नो नाम गिनीज बुक अपÞm वर्ल्ड रिकोर्डमा लेखाएका छन् ।
यती मात्र होइन १३ ग्रेमी अवार्ड्स आफ्नो नाममा गर्ने उनी अहिलेसम्मकै एकमात्र कलाकार हुन् । यो अवार्ड संयुक्त राज्य अमेरिकाको राष्ट्रीय विज्ञान एकाडेमीद्वारा संगीतको क्षेत्रमा आउटस्टेडिङ्गको परपÞmमेन्सको लागि दिइन्छ । यसको पुरा नाम ग्रामोफोन अवार्ड हो । हुन त माइकल जेक्सनको पुरै जीवन कुनै रहस्यदेखि कम थिएन । तर, उनको जीवनमा एउटा यस्तो घटना घट्यो जसले उनलाई चाहनेहरु फेन्स्लाई दुःखीत बनायो ।
कुरा २७ जनवरी १९८२ को हो । जेक्सन, त्यस दिन लस एन्जिलिसमा विश्व प्रसिद्ध कोल्डड्रिंक पेप्सी को लागि एउटा विज्ञापनको सुटिङ्ग गर्दै थिए । त्यस विज्ञापनमा धेरै स्पेशल इफेक्ट गर्दै थे । जसमा एउटा ठूलो समस्या भयो । जेक्सनको टाउकोमा आगो लाग्यो, त्यस समय त्यहाँ करिब ४ हजार मानिस थिए । उनीहरु सुटिङ्ग हेर्दै थिए । उनीहरुले जेक्सनको टाउकोमा लागेको आगो राम्रोसँग देखे । आगो अझ ठूलो हुँदै जाँदै थियो तर पनि जेक्सन आफ्नो धुनमा ं गीत ‘बिली जीन’ को परफर्मेन्स गर्दै थिए उनी त्यसले एकदमै विचलित भएनन् ।
प्रत्यक्षदर्शीले त्यो समय उनीलाई यस्तो व्यवहार गर्दै थिए आगो उनको ठाउकोमा लागेको छैन त्यो शो को एउटा हिस्सा हो । मानिसहरुले आगो निभाए र स्ट्रेचरमा जेक्सललाई ब्राटमेन मेडिकल सेन्टर पुर्याइयो । जेक्सनले अदालत बाहिर नै त्यस बिषयलाई सकेर क्षति बापत पाएको रकम त्यही मेडिकल सेन्टरलाई दान गरेका थिए । जुन वाडमा जेक्सनलाई राखिएको थियो त्यसको नाम माइकल जेकसन बर्न सेन्टर राखियो । यो नाम त्यहि मेडिकल सेन्टरले जेक्सनलाई सम्मान दिदै राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्: