राखेप प्रकरणले एमालेमा भाँडभैलो

01काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषदको सदस्यचिवमा सुनसरीका केशव विष्टलाई नियुक्त गरेपछि खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको मन्त्री पद धरापमा परेको छ । एमाले अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा मन्त्री पौडेललाई स्पष्टीकरण सोधिएको छ ।

पार्टीसँग सल्लाह नगरी विवादित व्यक्तिलाई सदस्यसचिव बनाएको भन्दै एमाले पदाधिकारीले मन्त्री पौडेललाई यो निर्णय तत्काल सच्याउन भनेका छन् । निर्णय नसच्याए राजीनामा दिन भनिएको एमालेको एक उच्च स्रोतले बतायो ।

निर्णय पनि नसच्याउने र राजनीनामा लागि पनि तयार नहुने हो भने त्यसपछिको परिस्थितिको सामना गर्न एमाले संसदीय दलको कार्यालयमा बोलाएर मन्त्री पौडेललाई एमाले पदाधिकारीले चेतावनी दिएको स्रोतले बतायो ।

मन्त्री पौडेलले यसबारे शनिबार बिहान निर्णय दिने भन्दै समय मागेको बताइएको छ । त्यो समयमा उनले विष्टलाई सचिवबाट हटाउँछन् या आफैंले मन्त्री पदबाट राजीनामा दिन्छन्, त्यो चाँहि स्पष्ट भएको छैन । मन्त्री पौडेलले विहीबार राखेपको सदस्य सचिवमा केशव विष्टलाई नियुक्त गरेपछि एमालेभित्र यसले भाँडभैलोको रुप लिएको हो । राखेप सदस्य सचिवका लागि एमालेमा धेरैजना दाबेदार थिए ।

प्रतिक्रिया दिनुहोस्: