नगरको अध्यक्षमा अर्जुन र खेमराज

dasnamiविर्तामोड । नेपाल दशनामी समाज कन्काई नगरपालिकाको प्रथम अधिवेशनले अर्जुन गिरीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सुरुङ्गामा आयोजित अधिवेशनले उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः एकराज भारती, उमेश भारती, सूर्य पुरी र बविता गिरी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा मनिराज गिरी, चित्रबहादुर गिरी, दुर्गादेवि गिरी, सीता गिरी, शिवकुमार गिरी, अम्बिका गिरी, नारद गिरी र कांशिराम पुरी रहेका छन् भने तीन सदस्यीय पछी थप गरिने जनाइएको छ ।

जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरीको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा विशेष अथिति केदारशंसेर गिरी, जिल्ला कोषाध्यक्ष सन्तोष गिरी, टेकबहादुर गिरी, रीता गिरी, शनि लगायतले नवगठित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

बालकृष्ण गिरीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रकाश पुरीले कार्यक्रममाथि प्रकाश पारेका थिए भने खड्ग गिरीले स्वागत र उमेश भारतीले सञ्चालन गरेका थिए ।
यसैबीच भद्रपुर प्रथम नगरअभिवेशनले खेमराज गिरीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः चन्द्रमाया गिरी, रीता गिरी, चन्द्रा वन र बालकुमारी गिरी रहेका छन् । धनबहादुर वन, भैरव गिरी, कुमारी वन, बिमला गिरी, ज्ञानबहादुर पुरी सदस्य रहेका छन् । गोविन्दविक्रम गिरीको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनको अध्यक्षमा शिवलाल गिरी रहेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य डम्बर वन, जिल्ला सदस्य अर्जुन गिरी, नरबहादुर वन, नरबहादुर गिरी, कृष्णबहादुर वन र जिल्ला सल्लाहकार गरुणध्वज वन लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन पत्रकार गोपाल गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: