बर्दियाका सयौं घर डुबानमा

04गुलरिया । बिहीबारदेखि परेको अविरल वर्षाले बर्दियामा करिब ७ सय सय घर डुवानमा परेका छन् । जिल्लाको बासगढी नगरपालिका– ५ खल्लागाउँस्थित सुकुम्बासी टोल, धधवार र ककौरा लगायत क्षेत्रमा ७ सय घर डुवानमा परेका हुन् ।

मानखोलामा आएको बाढीले सुकुम्बासी बस्ती र दक्षिण टोलाका सय घर डुवानमा परेको प्रहरी निरीक्षक श्यामजंग शाहले बताए । त्यसगरि ककौरामा २ सय ५० घर जलमग्न छन् । धधवार ६ कमैया बस्तीका १ सय ५० घरमा समेत डुबान छ ।

लक्ष्मणास्थित इलाका प्रहरी कार्यालय डुबानमा परेपछि त्यहा कार्यरत प्रहरी सहकारी भवनमा सरेका छन् ।

त्यस्तै अविरल वर्षाले गुलरिया– ५ संगमबस्तीमा १० घर र सानोश्री ताराताल नपामा ५ घर डुवानमा परेका छन् । आजको कान्तिपुर दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: