उमाविमा विद्यार्थीको चाप

04मोरङ । पूर्वाञ्चलका विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौँ जाने विद्यार्थीको सङ्ख्या घट्दा विराटनगरका उच्चमाविमा विद्यार्थीको चाप बढेको छ ।

गत वैशाख २ गतेको भूकम्प र त्यसपछि काठमाडौँमा आइरहेका परकम्पका कारण प्रवेशिका दिएपछि काठमाडौँमा पढ्न गएका पूर्वका धेरै विद्यार्थी घर फर्किएका र काठमाडौँसँग प्रतिस्पर्धा गर्न सक्ने उच्च मावि विराटनगरमै भएकाले पुर्वका विभिन्न जिल्लाका विद्यार्थीको आकर्षण यहाँका उच्च मावि बनेका हुन् ।

भुकम्प मात्रै कारण नभई विराटनगरका उच्च माविको गुणस्तर पनि विद्यार्थी आकर्षणको कारण भएको उमावि सङ्घ (हिसान) मोरङका अध्यक्ष बलराम पन्त बताउनुहुन्छ । अध्यक्ष पन्तका अनुसार यहाँ स्वास्थ्य र इन्जिनियरिङ विषयका प्राविधिक कलेज सञ्चालनमा छन् । यी कलेजमा स्टाफ नर्स, ल्याब असिस्टेन्ट, रेडियोलोजी, अनमी, फार्मेसी, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक इन्जिनियरिङलगायत विषयको पठनपाठन हुने गरेको छ ।

यी विषय मात्रै हैन विराटनगरमा पर्यटन तथा होटल व्यवस्थापनको पनि पढाइ हुने गरेको छ । हिसानका अनुसार विराटनगरमा हाल संस्थागत उच्च मावि सञ्चालनमा छन् । करिब सामूदायिक उच्च मावि पनि सञ्चालनमा आइसकेका छन् ।

विराटनगरका उच्च माविमा विराटनगरआसपास रङ्गेली, उर्लाबारी, वेलबारी, हरैंचा, सुनसरीको इन ? वा, इटहरी, दूहवीलगायत पूर्वका पहाडी जिल्लाबाट पनि प्रशस्तै विद्यार्थी आउने गरेको हिसानले जनाएको छ । विराटनगरमा विशेषगरी विज्ञान र व्यवस्थापन अध्ययनका लागि विद्यार्थी आकर्षित हूने गरेका छन् .

विराटनगरका उच्च मावि र कलेजले काठमाडौँका राम्रा भनिएका कलेजसँग प्रतिस्पर्धा गर्न सक्ने भएकैले पुर्वाञ्चलका विद्यार्थीको रोजाइ विराटनगरका उच्च मावि बन्न थालेका छन् । प्रवेशिकामा राम्रो अङ्क ल्याएर उत्तीर्ण गरेका अधिकांश विद्यार्थी यहीँका उच्च माविमा भर्ना ह’ने गरेको अध्यक्ष पन्तको भनाइ छ ।
विराटनगरका उच्च माविमा अध्ययन गरेका विद्यार्थीको उच्च शिक्षामा राम्रो नतिजा आउने गरेको एभरेस्ट उच्च मावि विराटनगरका प्राचार्य टीकाराम प’री बताउनुहुन्छ । उच्च माध्यमिक तहका अप्राविधिक विषयमा मात्रै हैन प्राविधिक शिक्षा अध्ययन गर्नेका लागि पनि विराटनगर रोजाइमा पर्न थालेको छ ।

विराटनगरमा सञ्चालनमा रहेका आधा दर्जन प्राविधिक शिक्षाका कलेजले प्राविधिक शिक्षा लिने विद्यार्थीको चाहना पनि पुरा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: