झापामा बामपन्थी एकता मञ्च नेपालको घोषणा

44बिर्तामोड । शान्ति प्रकृया पछि संगठित झापाका एमाओवादी केहि कार्यकर्ताले आइतवारबाट पार्टी छोडेको घोषणा गरेका छन् । बिर्तामोडमा आयोजित एक पत्रकार सम्मेलनका बीच उनिहरुले पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनिहरुले २०६३ अघिका सहयोगी शान्ति प्रकृया पछि बुद्धिजिवि संगठनमा संगठित यज्ञराज प्रसाईको संयोजकत्वमा बामपन्थी एकता मञ्च, नेपालको नाम दिदै नयाँ फोरमको घोषणा गरेका हुन् । भोजराज दाहाल पनि २०६३ को शान्ति संझौता पछि संगठित कार्यकर्ता हुन् ।

त्यस्तै कृष्ण बिमली, सुर्य उप्रेती, प्रेम बहादुर लिम्बु, केशब सापकोटा, गंगाराज प्रसाई, जगनाथ भट्टराई, गणेश कार्की, तेज प्रसाई, जनार्दन उप्रेती, नरेन्द्र अधिकारी, डिपी कट्टेल, पुष्प ओझा, टिकाराम लुइटेल र तिर्थराज खरेल पनी शान्ति प्रकृया पछी मात्र संगठित बनेका हुन् ।

उनिहरुमध्ये अधिकांस युद्धकालमा सेल्टरको काममा सहयोगी भुमिका निर्वाह गरेका तर, २०६३ साल पछि संगठित बनेका कार्यकर्ता हुन् । जसमध्ये केही एकता केन्द्र मसालबाट, केही माले र एमालेबाट प्रबेश गरेकाहरु छन् ।

आफुहरुको समुहमा ५ सय बढि रहेको बताउदै आएका उनिहरुको घोषणा कार्यक्रममा ३ दर्जनभन्दा कमैको उपस्थिती रहेको थियो । पार्टी छोड्ने समुहले जारी गरेको अपिलमा युद्धकालीन कार्यकर्तामात्र क्रान्तिकारी र सर्वहारावादी अरु सबै अवसरवादी र जनबिरोधी देख्ने प्रवृति नेतृत्वमा रहेको भन्दै नेतृत्वको संकुचित सोचका कारण पार्टीमा बस्न नसकिएको उल्लेख छ ।

पार्टीमा बन्दुके प्रवृति हावि भएको आरोप लगाउदै बन्दुक परिवर्तनको साधन मात्र भएको तथा साध्य हुन नसक्ने कुराको अपिलमा जोड दिइएको छ । पार्टी परित्याग गर्नुपर्ने बिभिन्न १६ वटा बुदामा नेतृत्वमाथी चरम असन्तुष्टी पोखिएको छ । केही समय अघि एमाओवादीमा प्रवेश गरेका प्रभावशाली नेता राधाकृष्ण मैनाली पनि यतिबेला फेरि एमालेमा फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्: