दुई माओवादी एकीकरण टर्यो

44काठमाण्डौ । संविधान निर्माणबारे प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिले दुई माओवादीको एकता प्रक्रिया विथोलिएको छ । पटकपटकको छलफलपछि पार्टी एकताको नजिक पुगेका एमाओवादी र नेकपा–माओवादी फेरि टाढिएका छन् ।

संयुक्त वार्ता समिति बनाएर उनीहरुले एकताका लागि एजेन्डामाथि छलफल थालिसकेका थिए ।
तर, १६ बुँदे सहमतिले एकताको कोर्ष कम्तीमा पनि नयाँ संविधानको टुंगो नलागेसम्मका लागि टरेको दुवै पार्टीका नेताहरुको बुझाइ छ ।

नेकपा(माओवादी अध्यक्ष मोहन वैद्य किरणले पत्रकार सम्मेलन नै गरेर एमाओवादीसँग एकता प्रक्रिया भाँडिएको घोषणा नै गरिसकेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: