धारिलो हतियार प्रहार गरी प्रधानाध्यापकको हत्या

01धनकुटा । धनकुटाको खुवाफोकमा स्थानीय एक विद्यालयका प्रधानाध्यापकको हत्या भएको छ । खुवाफोक–९ स्थित श्रीपञ्चमी प्राथमिक विद्यालयका प्रधानाध्यापक नरेश लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ ।

 बिहान करिब ७ बजे खुकुरी, भालालगायत धारिलो हतियार प्रहार गरेर छरसातजनाको समूहले लिम्बूको हत्या गरेको धनकुटाका प्रहरी प्रवक्ता डम्बरबहादुर खड्काले जानकारी दिए । घटनापछि धनकुटा सदरमुकामबाट प्रहरी टोली घटनास्थल गएको छ ।

हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रधानाध्यापक लिम्बूको के कारणले हत्या भएको भन्ने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: