पहिरो थेग्न बाँस रोपिदैँ

03काठमाण्डौ । भू–स्खलन र पहिरो रोक्न विश्वमै सबभन्दा प्रभावकारी प्रमाणित भएको छ– बाँस । विज्ञहरुको यही सुझाबअनुसार सरकारले भूकम्प अतिप्रभावित १४ सहित ६१ जिल्लामा बास रोप्ने भएको छ ।

बाँसमा विद्यावारिधि गरेका ‘राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति’ का सदस्य सचिव एवं बन मन्त्रालयका सहसचिव डा.अन्नपूर्णानन्द दासका अनुसार एसियाली धेरै मुलुकमा भूस्खलन रोक्न बाँस प्रभावकारी सावित भएको छ ।

‘बाँसको जरा बाक्लो, फराकिलो र गहिराइसम्म जाने भएकाले माटोलाई समातेर राख्छ र बगेर जानबाट रोक्छ,’ डा.दासले भने, ‘भूस्खलन र पहिरो रोकी भू–संरक्षण गर्न र जैविक इन्जिनियरिङका लागि बाँस खेती उत्तम विधि मानिन्छ ।’

नेपालमा दुई प्रजातिका बाँस पाइन्छन् । त्यसमध्ये झ्याङ बनाउने खालको बाँस भू–संरक्षणका लागि प्रभावकारी हुने डा.दासले बताए । बाँस छिटो हुर्कने र वर्षौंसम्म पनि नसुक्ने भएकाले भूकम्पका कारण पहिरोको जोखिममा परेका ठाउँमा माटो रोक्न प्रभावकारी हुने अपेक्षा गरिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: