पालको बास कहिलेसम्म ?

02धादिङ । ‘अध्यक्ष खोइ ?’ प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सोधे । हाँस्दै देखिए दाउद तामाङ । दाउद कुनै गतिलो आयोग, संस्था वा समितिका अध्यक्ष होइनन् । हुन् आफूजस्तै स्वदेशी शरणार्थी समुदायको भरअभर रेखदेख गर्ने अभिभावक ।

महाभूकम्पका कारण गाउँ पहिरोले बगाएपछि धादिङ सदरमुकामको काँठ दामगाडेमा राखिएको शिविरका अध्यक्ष । ‘म पनि लामै अध्यक्ष हुन्छुजस्तो छ,’ ठट्टा गर्न सिपालु उनले जोडे, ‘न यो पद कसैले माग्छ, न सरकारले हटाइदिन्छ ।’

अर्थात महाभूकम्पबाट विस्थापित भई त्रिपालका शिविरहरूमा बस्दै आएकाहरूको पुनस्स्थापना अनिश्चित छ । ‘जिल्लामा सबैभन्दा ठूलो समस्यै यही छ,’ प्रजिअ घिमिरेले भने, ‘बर्खा लाग्यो, पालमा राखिरहन गाह्रो छ, लैजान कहाँ लैजानु ?

सम्बन्धित गाउँमा फर्काउने अवस्थै छैन ।’ अध्यक्ष दाउदका अनुसार दामगाडे शिविरमा १ सय १६ परिवार छन् । तीमध्ये अधिकांश री गाविस वडा नम्बर ९ र ५ का हुन् । बाँकी केही लापा–२ का । ‘भूकम्प र पहिरो मिलेर के र्गयो के ?’ उनले फेरि ठट्टै गरे, ‘गाउँ चिरा–चिरा र्पायो । त्यसभन्दा धेरै हाम्रो मन पो चिरा र्पायो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: