एमालेमा विवाद उग्र

07काठमाण्डौ । राष्ट्रिय खेलुकद परिषदको सदस्यसचिव नियुक्ति प्रकरणमा अध्यक्ष केपी ओलीले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई राजिनामाको दबाब दिएपछि एमालेभित्र विवाद चर्किएको छ ।

बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले मन्त्री पौडेललाई दवाबमा परेर राजिनामा नदिन आग्रह गरेपछि एमालेमा विवाद चर्किएको हो ।
उनीहरुले अध्यक्ष ओली र प्रधानमन्त्री समेतलाई मन्त्री नटहाउन सचेत गराएका छन् ।

मन्त्री पौडेलले पार्टीको सिफारिस र छलफलबिनै परिषदको सदस्यसचिवमा विवादास्पद व्यक्ति केशव विष्टलाई नियुक्ति गरेपछि अध्यक्ष ओलीले निर्णय उल्टाउन आग्रह गरेका थिए । निर्णय नउल्टाए आफै राजिनामा दिन ओलीले मन्त्री पौडेललाई दबाब दिएका थिए । पौडेलले गत साता विष्टलाई सदस्यसचिव नियुक्त गरेका थिए ।

अध्यक्ष ओलीले मन्त्री पौडेललाई राजिनामा दिन तीव्र दवाब दिएपछि आइतबार नेता नेपाल पक्षधर नेताहरुको नया बानेश्वरमा भेला भएको थियो । नेता नेपाल सहित झण्डै ४० जना केन्द्रिय सदस्यहरु सहभागी भेलाले मन्त्री पौडेलले राजिनामा दिन नहुने निष्कर्ष निकालेको थियो । भेलामा मन्त्री पौडेलसमेतन सहभागी थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: