तत्काल स्थानीय निर्वाचनको मिति तोक्न सरकारलाई निर्देशन

02काठमाण्डौ । व्यवस्थापिका संसदको विकास समितिले सरकारलाई तत्काल स्थानीय निकायको निर्वाचनको मिति तोक्न निर्देशन दिएको छ । जननिर्वा्चित स्थानीय निकायको अभावमा नवनिर्माण र पुनर्निर्माणको काम अप्ठ्यरो हुने उल्लेख गर्दै समितिले उक्त निर्देशन दिएको हो ।

एमाले नेता रविन्द्र अधिकारी सभापति रहेको उक्त समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले निर्वाचन आयोगका रिक्त पदाधिकारीहरु पदपुर्ति गर्न पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै निर्वाचन आयोगलाई पनि मतदाता नामावली अध्यावधिक गरेर स्थानीय निकायको निर्वाचनका लागि तयारी अवस्था रहन समितिले निर्देशन दिएको छ ।

गाविस सचिवको अभावमा एउटै गाविस सचिवले दुईदेखि तीनवटासम्म गाविसको काम हेर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सरकारलाई त्यसको दरबन्दी पूरा गर्न पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।

आजको बैठकमा गृहमन्त्री बामदेव गौतम, स्थानीय विकास मन्त्री प्रकाशमान सिंह, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलख बहादुर गुरुङ र मुख्य सचिव लिलामणि पौडेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: