नोबेल मेडिकल कलेज र अस्पताल बन्द

09विराटनगर । इन्ट्रनसीप विद्यार्थीको आन्दोलनले अस्पतालमा तोडफोड र अशान्त मच्चिएको भन्दै कलेज प्रशासनले आइतबारदेखि विराटनगरको नोबेल मेडिकल कलेज र अस्पताल अनिश्चितकालका लागि बन्द गरेको छ ।

कलेज र अस्पताल बन्दको घोषणा गरेपछि बेडमा भर्ना भएका दर्जनौं बिरामीलाई जर्बजस्ती अन्यत्र रिफर गरेको छ । यद्यपी कलेजमा अशान्त मच्चिनुका साथै तोडफोड र हुलदंगा भएकाले पठनपाठनमा समस्या भएर कलेजमात्र बन्द गरेको अस्पतालले जनाएको छ ।

आफूहरूले अस्पताल बन्द नगरेको दाबी अस्पतालले गरेको छ । कलेज अनिश्चितकालका लागि बन्द गरेपपछि आन्दोलनरत विद्यार्थी वस्ने छात्रावासमा पानी र बिजुलीको सप्लाई पनि बन्द गरेको भन्दै विद्यार्थीहरू थप आन्दोलित भएका छन् । कलेजको छात्रावासमा ६ सय विद्यार्थी वस्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्: