’आतंकवादबाट बच्न संस्कृत’

04बैंकक । भारतीय विदेशमन्त्री सुषमा स्वराजले बढ्दो आतंकवादबाट बच्न संस्कृत भाषा उपयोगी हुने बताएकी छन्। उनले बैंककमा आयोजित १६ औं विश्व संस्कृत सम्मेलनमा सम्बोधन गर्दै यस्तो जानकारी दिएकी हुन् ।

भारतीय विदेशमन्त्री सुषमाले संस्कृत भाषा समृद्ध भाषा भएको र यसमा रहेको ज्ञानको प्रयोग गर्नुपर्नेमा पनि जोड दिइन् । उनले संसारमा हाल देखापरेका जलवायु परिवर्तन, सभ्यताबीच टकराव, गरिबी, उपभोक्तावाद र आतंकवाद जस्ता समस्या समाधानान संस्कृत भाषामा रहेको विशाल ज्ञानले सहयोग र्पुयाउने उनले दाबी गरेकी छन् ।

सुषमाले भाषाको पहिचान, अनुवाद, साइबर सुरक्षा तथा कृत्रिम जासुसी सेवाका लागि सफ्टवेयर विकासमा उक्त भाषाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएकी छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: