एसियाली पूर्वाधार बैँकमा आठ अर्ब लगानी

poisaहङकङ । भूकम्पपछि पुनर्निर्माणमा लगानीको नयाँ स्रोत हुने ठानिएको एसियाली पूर्वाधार लगानी बैँकको सम्झौता पत्रमा नेपालले हस्ताक्षर गरेको छ । सोमबार बिहान बेइजिङस्थित ग्रेटहलमा आयोजित समारोहमा अर्थमन्त्री रामशरण महतले नेपाल सरकारको तर्फबाट ६० बुँदे सम्झौता पत्र (बैँकको विधान) मा हस्ताक्षर गरेका हुन् ।

बैँकका ५७ संस्थापक देशका प्रतिनिधि सहभागी समारोहमा आफ्नो सरकारबाट अनुमोदन लिइसकेका ५० देशले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
एसियाली देशको पूर्वाधार निर्माणमा लगानी गर्ने मुख्य उद्देश्य राखेर चीनको पहलमा एक खर्ब डलर चुक्ता पूँजी रहने गरी बैँक स्थापना भएको हो । तर शुरुमा ५० अर्ब डलर लगानीमा छ महिनाभित्र बैँक सञ्चालनमा आउने छ ।

सदस्य देशको कुल गार्हस्थ उत्पादन अनुसार सेयर हिस्सा तय गरिएको बैँकमा नेपालले ०.४ प्रतिशत अर्थात् करिब आठ अर्ब २७ करोड रुपैयाँ (आठ करोड नौ लाख डलर) लगानी गर्नु पर्नेछ । सम्झौता अनुसार नेपालले वर्षको २० प्रतिशत (करिब एक अर्ब ६५ करोड) को दरले पाँच वर्षमा यो रकम तिर्नु पर्नेछ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: