दबंग ३ र सिघंम ३ २०१७ मा आउने

chulएजेन्सी । सलमान खानले भाई अरबाजलाई ‘दबंग–३ को लागि हुन्छ भनेका छन् । अरबाजको अगाडी नयाँ कहानी लेख्ने चुनौती आएको छ । सलमानले दुइटा कुरामा सहमति दिएका छन् । ‘दबंग’ को मुख्य पात्र चुलबुल पाण्डे इन्स्पेक्टर बन्ने यात्रादेखि पहिलेको कहानीमा उनको रुचि छ ।

आमाले अर्को विवाह र नयाँ पिता प्रजापति पाण्डेको सख्त क्रियाकलापको बावजूद चुलबुल पुलिस बन्छ । सलमानलाई प्रीक्वलको आइडिया धेरै समयदेखि सुहाउदै आएको छ । तर, उनी कहानी धेरै लजिकल चाहन्छन् ।

अर्को आइडिया यो छ कि दबंग २ पछि के हुन्छ ? लालगञ्ज , उत्तर प्रदेशमा सिंहको अन्त्य गरेपछि चुलबुल कानपुरको डोन बच्चा भईयासँग भिड्छ । तेस्रो दबंग का निर्देशन अरबाजले नै गर्नेछन् । तर, कहानीमा सलमान इनपुट हुन्छन् ।

यता अजय देबगनको भाई सरीखे रोहित शेट्टीसँग सिंघम ३ को तयारी गर्न भनिएको छ । रोहित अहिले दिलवाले’ को सुटिङ्ग गर्दैछन् । त्यसपछि करण जौहरको नयाँ राम लखन’ बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्: