नयाँ प्रधानन्यायाधीशले असार २३ गतेबाट पद सम्हाल्ने

03काठमाण्डौ । संसदीय सुनुवाइ समितिले सोमबार न्यायाधीश कल्याण श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्मत अनुमोदन गरेको छ । श्रेष्ठले असार २३ गतेबाट पद सम्हाल्ने छन् ।
प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले उमेर हदका कारण यही २३ गतेदेखि अवकाश पाउने भएकाले उक्त पदका लागि वरिष्ठताका आधारमा सिफारिस गरिएको श्रेष्ठको नाम समितिले अनुमोदन गरेको हो । बागलुङमा जन्मेका श्रेष्ठसँग करिब ४ दशकको न्यायिक अनुभव छ । उनी आगामी चैतसम्म प्रधानन्यायाधीश पदमा रहनेछन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: