बिर्ता सामुदायिक प्रहरीको एक दिने अन्तरकृया

03बिर्तामोड । बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र अनारमनीले महिला तथा लैङ्गिक हिंसा सम्बन्धि एक दिने अन्तरकृया कार्यक्रम गरेको छ । सेवा केन्द्रका अध्यक्ष सूर्य कन्दङ्वाको सभापतित्व एवम् बिर्तामोड नगरपालिकाका प्रशासन प्रमुख मेघराज बाँस्तोलाको प्रमुख आतिथ्यमा सेवा केन्द्रको सभाकक्षमा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला सामुदायिक प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक टेकप्रसाद संग्रौलाले सहजिकरण गरेको कार्यक्रममा स्थानीय महिला संघ–संस्थाका प्रनिनिधी तथा पदाधिकारीले आ–आप्नो जिज्ञासा राखेका थिए ।

स्थानीय ७० जना महिला उपस्थित रहेको कार्यक्रममा चन्द्रगढी सामुदायिक प्रहरी सेवा केन्द्रकी सदस्य भूमादेवी घिमिरेले स्वागत तथा केशव पाठकले सञ्चालन गरेको संस्थाका उपाध्यक्ष बाशुदेव माझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: