भुजेललाई दैनिक जिवन यापनमा समस्या

अनिलदेब राई/
02दमक । दुईवर्ष अघि खुकुरी आक्रमणमा परी घाईते भएकी झापा शिवसतासी—७ झिलझिले डाडा गाउँकी ६ वर्षिया सोनिया भुजेललाई दैनिक जिवन यापनमा समस्या भएको छ । घरायसी विवाद भइरहेको अवस्थामा छिमेकी तुलशी राउतको घरमा पुगेकी सोनियालाई तुलशीले घाटीमा धारीलो खुकुरीले आक्रमण गरेका थिए ।

घाइते अवस्थामा उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, बिराटनगरस्थित न्युरो हस्पिटल र काठमाण्डौस्थित विर अस्पतालमा उपचार्थ लगिएपनि घाटीमा भएको घाऊ त ठिक भयो तर बिस्तारै कम्मर मुनिको भाग नचल्ने भएको छ ।

झिलझिले माध्यमिक बिद्यालयमा कक्षा—१ मा पढ्दै गरेकी सोनिया पछिल्लो समय ओछच्यानमा थलिएकी छिन् । उनको जिवन आफ्नो घरको साघुरो कोठाभित्र कैदी जस्तै बन्न पुगेको छ । वोल्न, खाना खान र सुन्न सक्ने सोनियाको खुट्टा चल्दैन ।

रतुवामाई वृक्षारोपण आयोजनाको बनक्षेत्र नजिक भएकोले जङ्गली हात्तिको चिन्ता त्यतिकै छ, वुवा चन्द्रवहादुरले भने—आफ्नो सम्पत्तिको नाममा १० धुर जमिन र सानो घर छ । बनिवुट्टो गरेर गुजारा गर्ने चन्द्रवहादुर जेठो सन्तानको रुपमा जन्मिएकी सोनियाको कम्मर मुनिको भाग प्याराल्यासिस भएर ओच्छयानमा थलिएपछि भुजेल परिवारलाई दैनिक जिवन यापन गर्न समस्या भएको हो । सोनिया तिन वर्षको हुदाँ आमाको मृत्यु भएपछि वुवा चन्द्रवहादुरले माया र स्नेह दिएर हुर्काएका थिए ।

ज्यालामजदुरी गरी परिवारको दैनिकी गुजारा गरिरहेका चन्द्रवहादरले आमाको अभाव कहिल्यै हुन दिएन नाबालकलाई । आर्थिक अवस्था कमजोर भएपनि छोरी र छोरालाई उच्च शिक्षादिक्षा दिने सपना बनाएका चन्द्रवहादुर आफ्नो सपना पुरा गर्न सक्ने अवस्थामा छैनन् । अर्काको घरमा ज्याला मजदुरी गरी आफु र छोरीछोराको गाँसवाँसको प्रवन्ध गरिरहेका चन्द्रवहादुरले ४ बर्षका कलिला छोरा आफन्तको जिम्मा लगाउँन बाध्य भएको बताउँछन ।

उनले छोरी सोनियालाई खानपान, दिशा पिसाव गराउन र उनको लुगाफाटा धुईपखाली गर्ने सवै कार्य आफै गर्नुपर्ने भएपछि ज्यालामजदुरी गर्न नसकेपछि छोरा आफन्तलाई जिम्मा लगाउँनु परेको बताउँछन् ।

सोनियालाई खुकुरी प्रहार गरी घाईते बनाउँने तुलशी राउतलाई प्रहरीले पक्राऊ गरी कानुनि कार्वाही अघि वढाईसकेको छ । हाल जिल्ला कारागार झापामा रहेका राउत सोनियाको घाटीमा लागेको घाउँ पुरिएर ठिक भएपनि घाटीको नशा काटिएको कारण कम्मर मुनिको भाग चल्न नसक्ने घट्नाको बारेमा अनबिज्ञ छन् ।

तर, राउतले आफु आवेशमा आएर खुकुरी प्रहार गरेको प्रहरी सामु स्विकार गर्दै कारागारमा सजाय भोगिरहेका छन् । काठमाण्डौमा वैदेशिक रोजगारको म्यानपावर संचालन गरिरहेका राउत दशै मनाउन परिवारसंग घर फर्केका थिए । मादक पद्धार्थ सेवन गरेका राउत घरायसी विवादको कारण तनावमा थिए ।

सोही समयमा उनले आवेशमा बालिका सोनियालाई खुकुरी प्रहार गरेको स्थानिय कविराज चाम्लिङले बताए । यसैबिच झापाली युवा सरोकार समाज र संचारकर्मीहरुको टोली सोनियाको घर पुगेका थिए ।

समाजका अध्यक्ष कविराज चाम्लिङ, युवा संघ नेपाल शिवसतासी नगरकमिटिका अध्यक्ष सुरजरिङलुङ्ग राई, समाजका महासचिव दिनेश गजमेर, सतासी प्रेष कल्वका उपाध्यक्ष सेलिङ केसी लगायतले सोनियालाई भेटेका थिए ।

सो क्रममा उनको पछिल्लो अवस्थाका बारेमा सोनियाका बुवा चन्द्रवहादुरले अवगत गराएका थिए । चन्द्रवहादुरले आफ्नी छोरीको दैनिक स्याहारसुसार र स्वास्थ्यमा समस्या भएको भन्दै राउत परिवारसंग आर्थिक सहयोगको माग गरेका छन् । चन्द्रवहादुरले भने—छोरी हिड्न नसकेतापनि उनको अन्य अवस्था पहिलाको जस्तै छ । उनि पढ्न चाहान्छिन तर पढाउँने मेरो क्षमता छैन । त्यसैले उनलाई राम्रो ठाउँमा पढाउँनु सके पढ्ने थिइन् ।

प्रतिक्रिया दिनुहोस्: