संविधानको मस्यौदामा फेरि किचलो

03काठमाण्डौं । संविधानसभा नियमावली निलम्बन गरेर द्रुत मार्गबाट संविधान जारी गर्ने पूर्वसहमतिविपरीत प्रमुख चार दलभित्रैबाट शब्दहरूमा थपघट हुन थालेपछि संविधानको मस्यौदामा फेरि किचलो सुरु भएको छ । मस्यौदामा दलहरूबीच उत्पन्न किचलो मध्यरातस म पनि सा य हुन नसकेपछि राति पौने एक बजे बसेको संविधानसभा बैठकमा मस्यौदा प्रस्तुत हुन सकेन ।

दलहरूबीच मौलिक अधिकार, नागरिकताको अधिकार, राज्यका निर्देशक सिद्धान्त, महिलाको अधिकार, विशेष संरचनाजस्ता विषयमै विवाद देखिएपछि संविधान निर्माणमा किचलो देखिएको छ ।

दलहरूबीचको छलफल कुनै टुंगोमा पुग्न नसकेपछि पौन एक बजे बसेको संविधानसभा बैठक दिवंगत सभासद् पद्मसुन्दर लावतीको शोकप्रस्ताव पारित गरेर टुंगिएको थियो ।

संविधानसभाको अर्को बैठक मंगलबार दुई बजे बस्ने तय भएको छ। मंगलबार तीन बजे संसदको बैठक पनि तय गरिएको छ ।

संविधानको मस्यौदामा कांग्रेसले आफूहरूलाई ’चिटिङ’ गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमाओवादीका सभासद्ले हस्ताक्षर गर्न अस्वीकार गरेपछि दलहरूबीचको विवादले मस्यौदा निर्माणमा किचलो आएको हो ।

संविधानसभा भवन बानेश्वरमा संविधानसभाको बैठक स्थगन गरेर शीर्ष नेताहरू चार घन्टा छलफलमा जुटे पनि सहमतिमा पुग्न नसकेपछि संविधानसभामा मस्यौदा पेस हुन सकेन ।

अघिल्लो दिन सहमति भएका विषयमा पनि कांग्रेस, एमाले र एमाओवादीबीचमा भाषा र शब्दावलीमा विवाद भएपछि दुईपटक सारेर राति नौ बजेका लागि बोलाइएको संविधानसभाको बैठक मध्यरातपछि बसेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: