अक्षय कुमारले पुरा गरिदिए सनी लियोन इच्छा

15एजेन्सी । पूर्व पोर्न स्टार सनी लियोने अहिलेसम्म धेरै बलीउड फिल्ममा काम गरिसकेकी छिन् । तर, अहिलेसम्म उनलाई कुनै ठूला बलीउड स्टारको साथ स्क्रीन शेयर गर्ने मौका मिलेको छैन । सनी लियोनको इच्छा थियो उनी कुनै ठूलो स्टारको साथमा फिल्म खेल्नु ।

सनी लियोनको दुविधा यो थियो कि कुनै पनि ठूला हीरो उनको साथमा काम गर्न तयार छैनन् । बलीउडमा आउनु भन्दा पहिले सनी लियोन पोर्न फिल्ममा काम गर्थिन् । यसैले गर्दा बलीउड हीरोज लाई शंका थियो कि कतै सनी लियोनसँग स्क्रीन शेयर गर्दा उनीहरुको पनि इमेज खराब त हुँदैन ?

एउटा इन्टरव्यूको अवसरमा सनी लियोनले भनेकी थिइन् बलीउड एक्टर्सका श्रीमतीहरुलाई उनीसँग असुरक्षा महसूस हुन्छ । त्यसले गर्दा कुनै पनि ठूला बलीउड हीरो उनको साथ काम गर्नको लागि तयार हुदैनन् । यहि कुरा बलिउडका खिलाड़ी अक्षय कुमारलाई पनि लाग्यो । त्यसैले उनले आफ्नो आउँदो फिल्म ‘सिंह इज ब्लिंग’ मा सनी लियोनलाई एउटा सानो रोल अफर गरे ।

अक्षयको फिल्ममा सनी लियोनको भुमिका धेरै छोटो छ । तर, यसको लागि सनीले तुरुन्तै मानिन् । सनी लियोनलाई सिंह इज ब्लिंगको अफर गोवामा टीवी शो स्पलिट्जविलाको सुटिङ्गको अवसरमा मिलेको थियो ।

प्रतिक्रिया दिनुहोस्: