जीनत अमान सोशियल मिडियामा सक्रिय

16एजेन्सी । बर्षौ पहिले बलीउडलाई बाई–बाई गरिसकेकी एक्ट्रेस जीनत अमान सोशियल साइट ट्वीटरमा टे«न्ड गर्न थालेकी छिन् । यसको साथै उनले आफ्नो एक्टिङ्ग र सुन्दरतालाई लिएर ट्वीट गर्दै आएकी छिन् । उनले ट्वीटरमा ‘होटेस्ट एक्ट्रेस फोर एवर’ बताएकी छन् ।

जीनत अमानले १९७१ मा ं फिल्म ‘हलचल’ देखि बलीउडमा पाइला राखेकी हुन् । उनले आफ्नो दोस्रो फिल्म ‘हरे रामा हरे कृष्णा’ देखि बलीउडमा धमाल मच्चाउन शुरु गरिन् । उनको ग्लैमरस अवतार नै उनको सफलताको मुख्य कारण रहेको थियो ।

राजकपूरको फिल्म ‘सत्यम् शिवम् सुंदरम’ मा उनले खुलेर एक्सपोज भएकी थिइन् । उनले ‘शालीमार’, ‘यादों की बारात’, ‘अजनबी’, ‘धमरवीर’, ‘छलिया बाबू’, ‘डोन’, ‘हीरा पन्ना’,‘द ग्रेट गैम्बलर’, ‘अलीबाबा र चालीस चोर’, ‘दोस्ताना’, ‘कुर्बानी’, ‘राम बलराम’, ‘लावारिस’, ‘चोर के घर चोर’,‘पु्कार’ सहित धेरै फिल्ममा काम गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्: