झापामा बाढीले सात सय ७० घर डुबानमा, एक बेपत्ता

badi pahiroबिर्तामोड । अविरल बर्षापछि झापाका खोलानालामा आएको बाढीका कारण सात सय ७० घर डुबानमा परेका छन् भने रतुवा नदिको बाढीले एकजना बेपत्ता पारेको छ । घर डुबेर बिस्थापीत भएकालार्इृ प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

प्रहरीका अनुुसार खोला तर्ने क्रममा इलाम चुलाचुली ६ का ४५ बर्षिय शुरेसकुमार राई बेपत्ता भएका हुन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
झापाका बिरिङ, टाङटिङ, रतुवा, मेची र कनकाइ माइ खोलामा आएको बाढीका कारण हजारौ बिस्थापित भएको जिल्ला प्रहरी कायार्लय झापाले जनाएको छ ।

झापाको खुदुनाबारी १ र २ मा दुई स्थानबाट बिरिङ खोला पसेपछि त्याँहाका स्थानीय आतंकित भएका छन् । त्याँहाका ८० घर स्थानीय सुरक्षित स्थानमा लागेको पीडित गंगा भुजेलले बताइन् ।

उनले पानी आउन कम नभएकाले राती कहाँ गएर बस्ने निश्चित भइ नसकेको बताइन् । यो समाचार तयार पार्दासम्म बिरिङ खोलाको आधा पानी गाँउ हुदै बगिरहेको छ ।
बिरिङकै बाढीले डाँगीबारी २ र ३ मा ३५ घर डुवानमा पारेको छ । डाँगीबारीकै १ र ९ मा ५० घर बिस्थापीत भएपनि पानी घटेका कारण पुन घर फर्किएको प्रहरीको भनाइ छ ।

यता राजगढ ४ मा १ सय २० घर डुवानमा परेको प्रहरीको रिपोर्टमा उल्लेख छ । यस्तै शरणामती ३ र ५ मा २ सय १५ घर डुवानमा परेका छन् । उता टाघनडुब्बा ८ र ९ मा २ सय ५० घर डुवानमा परेका छन.् भने मेचीनगर १० काँकडभिट्टामा २० वटा घर डुवेको छ । पानी घटेलगत्तै मेनपाका बिस्थापीत २० घर परिवार पुनः फर्केका छन् ।

यसैगरि शिबसतासी ९ मा निर्माण हुदै गरेको बहुप्रतिक्षित जनताको तटबन्ध भत्किन थालेपछि त्रसित स्थानीयलाई प्रहरीले सुरक्षित स्थानमा सारेको बताएको छ । स्थानीयका अनुसार एक दशक यताको ुबैभन्दा ठुलो बाढी बिरिङमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्: