झापा खुदुनावारीका २ सय ५० घर डुबानमा (फोटोफिचर सहित)

झापा । झापा खुदुनावारीका २ सय ५० घर डुबानमा परेका छन् भने सिंगो गाउँ नै डुवानको उच्च जोखिममा परेको छ । गएराति पूर्वमा परेको घनघोर वर्षासँगै झापाका बस्तीहरु डुबानको उच्च जोखीममा परेका हुन् । झापाको बिरिङ खोलाको बाँध फुटेर बस्तीमा पानी पसेपछि झापा खुदुनाबारीको १ र २ नम्बर वडाका स्थानीयबासी त्रसित बनेका छन् ।

साधुटारको पूर्वतर्फ टप्पु भन्ने क्षेत्र, सिस्ने लगायतका क्षेत्रमा पानी पस्न थालेपछि आफूहरु त्रसित बनेको स्थानीय चन्द्र काफ्लेले बताउनुभयो । गएरातिको वषासँगै झापामा मेची, कनकाई लगायतका नदीमासमेत बाढी आएको छ ।Photo2582 Photo2586 Photo2585 Photo2584 Photo2589 Photo2587 Photo2591 Photo2593 Photo2596 Photo2602

प्रतिक्रिया दिनुहोस्: