पाराग्वेलाई हराउँदै अर्जे्न्टिना कोपा अमेरिकाको फाइनलमा

09काठमाण्डौ । पाराग्वेलाई पराजित गर्दै अर्जे्न्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको खेलमा उपाधिको प्रमुख दाबेदार अर्जे्न्टिनाले पाराग्वेलाई ६(१ को शानदार जित हात पारेको हो ।

१४ पटकको विजेता अर्जे्न्टिना सन् २००७ पछि पहिलो पटक फाइनलमा पुगेको हो । अब उपाधिका लागि शनिबार अर्जे्न्टिना र आयोजक चिली भिड्नेछन् । खेलमा अर्जे्न्टिनाले १५ औं मिनेटमा गोलको खाता खोलेको थियो ।

लिओनलल मेस्सीको फ्रि किक बलमा रोजोले गोल गर्दै अर्जे्न्टिनाको खाता खोले । २७ औं मिनेटमा मेस्सीकै पासमा जाभियर पास्टोरेले गोल गर्दै अर्जे्न्टिनाको अग्रता दोब्बर पारे ।

खेलको ४३ औं मिनेटमा पाराग्वेले गोल गर्दै अर्जे्न्टिनाको अग्रता २(१ मा झारे । तर, दोस्रो हाफमा अर्जे्न्टिनाले चार गोल र्गयो । ४७ औं मिनेटमा एन्जल डि मारियाले गोल गरे ।

५३ औं मिनेटमा डि मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जे्न्टिनालाई ४–१ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरे भने तीन मिनेट लगतै मेस्सीको पासमा गोन्जालो हिगुइनले गोल गर्दै अर्जे्न्टिनालाई ६–१ को जित दिलाए । कोपा अमेरिकाको कुनै एक खेलमा तीन गोलको अवसर श्रृजना गर्ने मेस्सी पहिलो खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्: