महिलामाथि अश्लिल हर्कत गर्ने यी मन्त्रीलाई के कारवाही हुन्छ ?

010काठमाण्डौ । ‘मन्त्री’ आफैमा पद मात्रै होइन नैतिकता पनि हो । नैतिकता र मर्यादालाई ख्याल नगर्दा कतिपय मन्त्रीको ‘मन्त्रीपद’ मात्रै खुस्कँदैन समग्र राजनीतिक जीवन समेत धरापमा पर्ने गर्छ ।

वर्तमान सरकारका केही मन्त्रीहरुको अमर्यादीत हर्कतका कारण सरकार नै सर्वत्र आलोचित बन्दै आएको छ । धान दिवसको अवसरमा कृषिमन्त्री हरिप्रसाद पराजुलीले महिलामाथी गरेको अमर्यादीत व्यबहारले यतिबेला बजार निकै तातेको छ ।

एक मन्त्रीले सार्वजनिक कार्यक्रममा महिला माथी गरेको अमर्यादीत हर्कत अश्लिलताको पराकाष्ठ मात्रै होइन त्यस्ता मन्त्रीलाई कार्वाही गर्नुपर्ने माग समेत तिब्र रुपमा उठीरहेको छ । त्यसोत मन्त्री पराजुलीको यो पहिलो घटना भने होइन ।

गत पुस १० गते पनि उनले सार्वजनिक कार्यक्रम स्थलमै सूर्ति खाएर थुकेपछि सर्वत्र आलोचना भएको थियो । धान दिवसको अवसरमा कृषि विभागले काठमाडौंको मुलपानीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा मन्त्री पराजुलीले महिलाहरु माथी जबरजस्ती अंगालो हाल्दै अश्लिल हर्कत देखाएका थिए ।

उच्च नैतिकतामा बस्नुपर्ने मन्त्रीले छिल्लिदै महिलाहरु माथि देखाएको अश्लिल हर्कतको तस्विरले सामाजिक सञ्जालका भित्ताहरु रंगिएको मात्रै छैन तिखो आलोचना समेत भइरहेको छ । एमाओवादीका पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल आहुतीले फेसबुक मार्फत मन्त्रीको तिखो आलोचना गरेका छन् ।

‘यो कृषिमन्त्री बनाइएको “मानिस” को आदरणीय आमालाई चिन्नेहरूले सोधुन् – के यो प्राणी तपाईकै कोखबाट जन्मिएको पुरूष नै हो ? उनलाई नचिन्ने तर माननीय विध्या भण्डारीलाई मात्र चिन्नेले सोधुन् – के यो पुरूष जस्तो देखिने ” मानिस” को तपाई नजिक पर्नुभएको छ ? उनले प्रश्न गरेका छन् ।011

उनले महिला अधिकार कर्मीलाई समेत प्रश्न गर्दै आहुती लेख्छन् –‘ त्यहाँ पहुँच नपुगेका महिला संगठन र आन्दोलनका अधिकारकर्मीलाई भने म आफै सोध्छु– तपाईहरूले छ वर्षसम्म महिला अधिकार, दलित अधिकार, बाल अधिकार हनन् गर्ने अत्याचारी मंत्रीलाई त थाहा छैन किन माफ दिनु भयो, के यसलाई पनि माफै दिनुहुन्छ ?

दिनुहुन्छ भने धिक्कार छ नेपाली महिला आन्दोलनलाई ! ’महिला अधिकारकर्मी पत्रकार बविता बस्नेतले कृषिमन्त्री माथी महिला हिंसा सम्बन्धी कसुरमा कार्वाही गर्नुपर्ने माग गरेकी छिन् ।

‘कृषी मन्त्री हरी प्रसाद पराजुलीले हिजो असार १५ गते धान रोप्ने कार्यक्रममा महिलाहरु माथि गरेको दुब्र्यबहाररले आश्चार्यचकित बनाएको छ ।’ बविताले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

‘उनलाई सार्बजनिक स्थालमा महिला माथि हुने यौन हिंसा सम्बन्धी कानून लगाएर कार्वाही अगाडी बढाइयोस । यस्ता मान्छे जोसुकै हुन, मन्त्रीको पदमा बस्ने नैतिक अधिकार छैन ।’

मंगलबारको हर्कतबारे मन्त्रीका निजी सचिवालयले मन्त्रीको बचाउ गर्दै कार्यक्रममा सहभागी महिलालाई नै दोष दिए । ‘महिलाहरुले मन्त्रीलाई हिलो छ्यापेपछि उहाँले प्रतिवाद गरेका हुन् ’ उनका निजी सचिवालयका एक कर्मचारीले भने, ‘मिडियाले बंग्याएर प्रस्तुत गर्यो ।’ मन्त्रीको स्वकीय सचिवले प्रतिक्रिया दिइरहँदा मन्त्री पराजुली सिकाइरहेको सुनिन्थ्यो ।

महिलाले नै मन्त्रीलाई हिलो छ्यापेको भन्न मन्त्रीले उनका स्वकीय सचिवलाई उर्दी गर्दै । मन्त्रीसँग कुरा गर्न खोज्दा उनले बोल्न चाहेनन् ।
एमालेबाट कृषि विकास मन्त्री बनेका पराजुली अध्यक्ष केपी ओली गुटबाटका हुन् । एमालेले यस घटनाको विषयमा अहिले सम्म आधिकारीक धारणा बाहिर ल्याएको छैन ।

सरकार मौन छ । पटक पटक मन्त्री फेर्ने गरेको एमालेले यस्तो अस्लिल हर्कत गर्ने मन्त्रीमाथि कस्तो कार्वाही गर्ला त्यो भने समयको गर्भ्भित्रै छ ।

प्रतिक्रिया दिनुहोस्: