यातायात कार्यालयका अधिकृतद्वय रंगेहात पक्राउ

08पोखरा । यातायात कार्यालय पोखराका दुई कर्मचारी मंगलबार घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । सवारी साधन नविकरण गर्न लाग्ने रकम भन्दा बढी रकम लिन खोज्ने यातायात कार्यालय पोखराका लेखा अधिकृतद्वय गोविन्दप्रसाद वराल र लेखापाल नारायणहरी अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको हो ।

निजी कारको विलबुक नविकरणका लागि यातायात कार्यालय पुगेका सेवाग्राही टेकबहादुर बरुवालसँग उनीहरुले १० हजार घुस लिएका थिए । नविकरणका लागि २४ हजार रुपैयाँ लाग्ने भएपनि लेखा अधिकृत द्वय वराल र अधिकारीले ३४ हजार मागेपछि पीडित बरुवाल अख्तियार कार्यालय पोखरा पुगेका थिए । लगत्तै यातायात कार्यालय पुगेको अख्तियारको टोलीले आरोपी दुबैलाई पक्राउ गरेको अख्तियार कार्यालय पोखराका सूचना अधिकृत नरेन्द्र भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्: