विद्यार्थीलाई ठग्ने कन्सल्टेन्सी व्यवसायी पक्राऊ

01काठमाण्डौ । अमेरिका पढ्न पठाउने भन्दै विद्यार्थीहरुसँग मोटो रकम असुल्ने र अन्यत्रै पठाएर ठग्ने चितवनका सुजन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर उपमहानगरपालिका ११ चितवन घर भएका २६ वर्षीय न्यौपानेले भरतपुरमा ‘भिसा अब्रोड एजुकेशन कन्सल्टेन्सी’ सन्चालन गर्दै आएका छन् ।

काठमाडौंको केशरमहलबाट मंगलबार पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले बुधबार जानकारी दिएको छ । उनले १५ जना विद्यार्थीहरुलाई अमेरिका पठाइदिने भन्दै जनही १५ लाख रुपैयाँ असुलेका थिए ।

सेन्ट लुसियाको ल्यामबर्डस् एकेडेमीमा अध्ययनका लागि गएका सम्पूर्ण विद्यार्थीलाई त्यहाँबाटै एक वर्षपछि युएसए ट्रान्सफर गरिदिने प्रलोभन दिइ उनले प्रतिव्यक्ति १५ लाख रुपैयाँ लिएका थिए ।

न्यौपानेले पठाएको कलेजमा विद्यार्थीहरु पुग्दा कलेज बन्द अवस्थामा रहेको र जिम्मेवार व्यक्तिहरु विरुद्ध मानव बेचविखन सम्बन्धी मुद्दा परेको पाइएको थियो । ठगिएर त्यहाँ गएका विद्यार्थीहरु १०(१२ दिनमै नेपाल फर्कन बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: