विरोधबीच संविधानसभामा मस्यौदा

01काठमाण्डौ । मधेसी दलहरुको बिरोधबीच बहुप्रतीक्षित संविधानको मस्यौदा मंगलबार संविधानसभामा प्रस्तुत भएको छ। संविधानको मस्यौदामा सत्ताधारी कांग्रेसका केही सदस्यले पनि विरोध गरेका छन् ।

निर्धा्रित तालिकाअनुसार सोमबार प्रमुख चार दलबीचको किचलोका कारण पेस गर्न नसकिएको मस्यौदा मंगलबार सामान्य हेरफेरपछि संविधानसभामा पेस गरिएको हो । मधेस केन्द्रित दलको असहमतिबीच मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले एकिकृत मस्यौदा र त्यसमा राखिएका फरक मतको छुट्टाछुट्टै प्रतिवेदन एकसाथ संविधानसभा बैठकमा पेश गरेका थिए ।

सर्वोच्च अदालत र संवैधानिक निकायका पदाधिकारीको पुर्न्नियुक्तिको विवाद मस्यौदामा खाली राखिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको आपत्तिलाई सम्बोधन गर्दै समितिका सभापति सिटौलाले केही हेरफेर गरेपछि एमाओवादीले विरोध फिर्ता लिएको थियो ।

तर संविधानसभामा मस्यौदा पेस हुनेबित्तिकै फोरम लोकतान्त्रिकबाहेक मधेस केन्द्रित दलका सदस्यहरुले त्यसको प्रति च्यातेर विरोध प्रदर्शन गरे भने कांग्रेसका वरिष्ठ सदस्य प्रदीप गिरीले आफूलाई बोल्न नदिएकोमा सभा बहिष्कार गरे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: