आफ्नै कार्यकर्ताले जलाए कृषिमन्त्रीको पुत्ला

Pdfn] e|ft[ ;+u7g clvn g]kfn /fli6«o :jtGq ljBfyL{ o'lgog -cg]/f:jljo'_ n] c;f/ !% df dlxnfdfly b'Jo{jxf/ u/]sf s[lifdGqL xl/k|;fb k/fh'nLsf] k'Tnf bxg ub}{ . tl:a/ M cRo't /]UdL, /f;;काठमाण्डौ । एमाले भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले कृषिमन्त्री हरिप्रसाद पराजुलीको पुत्ला दहन गरेको छ । आज राजधानीको सरस्वती क्याम्पस अगाडि अनेरास्ववियुले आफ्नै पार्टीका मन्त्री पराजुलीको पुत्ला जलाएको हो ।

गत असार १५ गते काठमाडौँको मूलपानीमा खेत रोप्न पुगेको कृषिमन्त्री पराजुलीले महिलामाथि अभद्र व्यवहार गरेपछि विवादमा तानिएका थिए । अनेरास्ववियुले मन्त्री पराजुलीलाई वर्खास्त गर्न प्रधानमन्त्री सुशिल कोइराला र (एमाले) अध्यक्ष केपी ओलीलाई आग्रह गरेको थियो ।

कार्यक्रममा अनेरास्ववियु शैक्षिक विभाग प्रमुख सुदेश पराजुलीले मन्त्रीको ओहदामा बसेर पार्टीको वद्नाम गराएको भन्दै पार्टीले यस्तो मन्त्रीलाई तत्काल फिर्ता बोलाउनुपर्ने बताए ।

अनेरास्ववियु सचिवालय सदस्य यशु लामाले महिला हिंसाविरुद्ध थुप्रै कार्यक्रम चलाउँदै आएको पार्टी नेकपा (एमाले) कै मन्त्रीले सार्वजनिक कार्यक्रममा महिलामाथि दुव्र्यवहार गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले नेपाली महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको जिकिर गरे । अनेरास्ववियु केन्द्रीय सचिव भक्त कुमारी लामाले मन्त्रीको यस्तो हर्कतले सिङ्गो पार्टीको शिर निहुरिएको भन्दै मन्त्रीलाई कारबाही नगरे सडक आन्दोलन गर्ने चेतावनी दिइन् ।

यसैविच मन्त्री पराजुलीले आफ्नो इच्छाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन् भने एमाले अध्यक्ष ओलीको स्वकीय सचिवालयमार्फत प्रधानमन्त्री समक्ष बुझाइएको राजीनामा स्वीकृत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्: