उच्चमाविका शिक्षकलाई रित्तै हात अवकाश

01काठमाण्डौ । नियमानुसार बीस वर्ष पढाएपछि शिक्षकले निवृत्तिभरणसहित अवकाश लिन पाउँछन् । उमेरका हिसाबले ६० वर्ष पुगेपछि पेन्सन सुविधासहित अनिवार्य अवकाश पाउँछन् ।

तर, उच्च माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षकहरू कुनै सेवासुविधाबिना नै बिदा हुन बाध्य छन् । सरकारले शिक्षा ऐन संशोधनमा ढिलासुस्ती गर्दा यस्तो समस्या देखिएको हो ।

दाङको बालजनता उच्चमावि र त्यसअघिको माविमा गरी कक्षा ११ र १२ मा २३ वर्ष अर्थशास्त्र विषय पढाएका महेश अधिकारी गत फागुनमा रित्तै हात सेवाबाट बिदा हुनुर्पयो ।

उमेरले साठी वर्ष पुगेपछि उनलाई विद्यालय व्यवस्थापन समितिको अनुरोधमा बाहिरिएका हुन् । ‘ऊबेला जोसका साथ प्लस टु पढाउन छिरियो,’ उनले कान्तिपुरसित भने, ‘तर सरकारले उच्चमाविका शिक्षकलाई स्थायी गर्ने नीति अघि नबढाएपछि रित्तो हात अवकाश लिनुर्पयो ।’

उच्च माध्यमिक शिक्षा परिषद्ले प्लस टुमा पढाउने पूर्णकालीन शिक्षक नियुक्ति दिने भनेकाले अन्यत्र अवसर नखोजेको उनले सुनाए ।‘गाउँकै स्कुलमा उच्च माविको व्यवस्था हुनुले पढाउने सौभाग्य र्जुयो र स्थायी हुने मौका पनि पाइन्छ भन्ने थियो,’ उच्चमाविको कमजोर आय स्रोत र सरकारले कुनै दरबन्दी नदिँदा हरेक महिना पारिश्रमिकसमेत सेवाभावले कम लिएर पढाएको उल्लेख गर्दै अधिकारीले भने, ‘विद्यालयको खस्किँदो आर्थिक स्थितिका कारण सात महिनाको तलब पनि नपाई अवकाश लिनुर्पयो ।’

अधिकारी उच्च माध्यमिक शिक्षक एसोसिएसन नेपाल (हिस्टान) का पूर्वकेन्द्रीय सदस्यसमेत थिए । तर नीतिको अभावमा स्थायी बन्ने पाउने हक, अधिकारबाट वञ्चित हुन पुगे । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: