कृषिमन्त्री हरिप्रसाद पराजुलीद्वारा राजिनामा

11काठमाण्डौ । महिलामाथि अश्लिल हर्कत गरेपछि लज्जित बनेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले अन्ततः पदबाट राजिनामा दिएका छन् । पराजुलीले बिहीबार बिहान पार्टी अध्यक्ष केपी ओली निवास बालकोट पुगेर ओलीलाई राजिनामा बुझाएको एमाले स्रोतले जानकारी दिएको छ ।

सदन, समाजिक संजाल र सडकमा समेत मन्त्री पराजुलीको अश्लिल गतिबिधिप्रति चर्को अलोचना भएपछि अध्यक्ष ओलीले बुधबार नै कृषिमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका थिए ।

अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमको आग्रहमा पराजुलीले मन्त्री पदबाट राजिनामा दिएका हुन् । मन्त्री पराजुली गृहमन्त्री गौतमको कोटाबाट मन्त्री बनेका थिए । एमालेको आफ्नो भातृ संगठन र केही केन्द्रीय नेताहरुले समेत मन्त्री पराजुलीको सार्वजनिक आलोचना गरेपछि पार्टी नेतृत्वमाथि उनलाई राजीनामा गराउन दबाब परेको थियो ।

प्रतिक्रिया दिनुहोस्: