गम्भिर घाइते राजवंशीको निधन

aarnaबिर्तामोड । गउरको आक्रमणमा परी गम्भिर घाइते भएका केरकेरु राजवंशीको बिहिवार बिहान १ बजे मृत्यु भएको छ । उनको बिपी कोइराला धरानमा उपचारकै क्रममा मृत्यु भएको हो ।

उनि जेठ ३२ गते गउरको आक्रमणमा परी गम्भिर घाइते बनेका थिए । घाइते बनेका राजवंशीलाई बिण्डसी अस्पताल बिर्तामोडले रेफर गरेको थियो । उनको मृत्यु भएपछी उपचारमा लागेको १ लाख २२ नबुझाएसम्म लास उठाउन नपाइने बताइएको छ ।

मृतकका परिवारको आर्थीक स्थिति कमजोर रहेकोले सिटि सफारी मजदुर संघ झापाले उनको लास उठाउनका लागी राहत संकलन अभियान सुरु गरेको छ । संघले बिहिवार नै २० हजार रुपैयाँ संकलन गरेको संघका अध्यक्ष धनसिंह राजवंशीले बताए ।

प्रतिक्रिया दिनुहोस्: