दिपकले व्यङ्ग्य लेखे ‘आगो छुनु, आईमाई नछुनु’

deepakअसार १५ गते धान दिवसका अवसरमा एक कार्यक्रममा काठमाडौंको मुलपानी पुगेका कृषि मन्त्री हरि पराजुलीले महिलामाथि अभद्र व्यवहार गरेपछि चौतर्फी आलोचना भयो । आलोचना खेप्न नसकेपछी उनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
यही बिषयमा अभिनेता तथा निर्माताले आफ्नो फेसबुक पेजमा मन्त्री पराजुलीलाई व्यङग्य गर्दै यस्तो लेखे ः–
आज म लेख्दैछु……………………
असार १५ धान रोप्ने मुख्य दिन । रोपेको फल्न ४ महिना लाग्नु पर्ने हो तर मन्त्री हरि पराजुलीले जे रोपे त्यसको पर्सी पल्टै फल्यो । छँदा खाँदाको मन्त्री पद बदनामीको हिलोमा गाडियो । एमालेले सही निर्णय पनि लियो । तर, यसमा ठूलो पाठ लुकेको छ, म लगायत सबै पुरूषका लागि शिक्षा हुन सक्छ सायद यो घटना ।

आगों छुनु , आइमाई नछुनु, भ्रष्टाचार गरेको भए बरू अदालतबाट प्रमाणित हुनुपथ्यो, लामो प्रक्रियापछि मात्र पद जान्थ्यो, महिला छोएको ४८ घन्टामै जागिर चट । कस्तो रहेछ यो ? महान आशाराम । क्षणभरमै निराशाराम बन्न पूगे ।

विल क्लिन्टनमा लेवेन्सकी चन्द्रमामा दाग झै बनिन् बिश्वामित्र त्यही महिला प्रेमबाट साधुबाट आलु भए । त्यसैले नयाँ आउने कृषि मन्त्रीज्यू साउन १५ मा खेत गोड्न पनि बोलाउलान् तपाईँलाई ।

साउन १५ मा मन्त्रीज्यू दाँया बाँया नहेरी खेत गोड्नू
राम्री महिलाहरू आएमा मुखतिरै नहेरी हात जोड्नु

प्रतिक्रिया दिनुहोस्: